बहिर्गमित जनमुक्ति सेनाको मागः सम्मानपत्र र परिचयपत्र देउ बहिर्गमित जनमुक्ति सेना नेपालले अयोग्यको बिल्ला खारेज गर्दै राज्यद्धारा सम्मानपत्र र परिचयपत्र दिनुपर्ने माग गरेको छ । बर्हिगमित जनमुक्ति सेनालाई आर्थिक प्याकेज, जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने लगायतका माग गरेको छ । नेपाल सरकार र बहिर्गमित जनमुक्ति सेना नेपालबीच विभिन्न चरणको वार्तामा भएका सहमतिहरु तत्काल कार्यान्वयन गर्न पनि माग गरिएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्