निजी अवास क्षेत्रको पुनर्निर्माणको प्रगति उच्च राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण र पुनस्र्थापनाको प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशत उपलब्धि भएको जनाएको छ । अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७ सय ५४ लाभग्राहीमध्ये घर पुनर्निर्माण शुरु गरेका कुल लाभग्राहीको संख्या ७ लाख ५३ हजार १ सय ४ रहेको र उक्त संख्या ९३ प्रतिशत भएको हो । भत्केका संरचनाहरु पुनर्निर्माणको साथै ४० करोड ७५ लाख कार्यदिन बराबरको रोजगारी सृजना भएको प्राधिकरणले जानकारी दिएको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्