एक सातासम्म लम्बिएको निषेधाज्ञा केही सहज केही खुकुलो गरेर उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । खाद्यान्न र पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खुल्नेछन् । भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई सहजीकरण गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । निषेधाज्ञालाई केही खुकुलो पारिएकाले सवारीसाधनको चाप भने ह्वात्तै बढेको देखिन्छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्