उपत्यकास्थित सुक्खा बन्दरगाहको निर्माण ९० प्रतिशत सम्पन्न: निर्देशक,गजुरेल चोभारमा सुख्खा बन्दरगाहा सञ्चालनमा आएसँगै बाहिरी देशबाट काठमाडौंका लागि आउने सामानहरु सिधै काठमाडौं आउँनेछन्। “अहिलेजस्तो वीरगञ्ज, विराटनगर, भैरहवा, नेपालगञ्जमा क्लियर गर्न लैजानुपर्ने बाध्यता हट्छ। यसले व्यापारलाई सहजीकरण गर्छ। जसले सामानको ढुवानी, ओसार–पसार गर्ने मूल्य घटाउन घटाउँछ। लजिस्टिक कस्ट कम गर्छ। त्यसैले यो बन्दरगाह महत्वपूर्ण छ’, इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्