बस टिकट ‘एप’ बाटै काट्न सकिने बसपार्कमा हातबाट टिकट काट्ने व्यवस्थालाई हटाई नयाँ प्रविधिको प्रयोगबाट टिकट काट्ने व्यवस्था गरिने भएको छ। ‘बसपार्क’ नामको एप छिटै सञ्चालन गर्ने बसपार्क व्यवस्थापक पंकज मल्लले बताए। उक्त एपबाट गाडि भाडा, सिट नम्बर जस्ता विभिन्न जानकरी पाउन सकिन्छ। यसैगरी बसपार्कलाई व्यवस्थित बनाउन यात्रु बस्नको लागि सिटको व्यवस्था गर्ने, मद्यपान र धुम्रपान बन्द गर्ने र व्यवस्थित होटल सञ्चालन गर्ने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्