स्वास्थ्य सामग्रीको २ अर्ब भ्रष्टाचार र जलहरीबारेको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइयो काठमाडौं, १३ जेठ। सभामुख देवराज घिमिरेले माओवादी सांसद लेखनाथ दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। सभामुखले दाहालले जेठ १० गतेको बैठकमा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गरेको भनेको र पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तल राखेको भनेका शब्द हटाउन निर्देशन दिएका हुन्। त्यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि जवाफ दिइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्