ड्याट्सनको ‘हट डिल’ योजनाको विजेताहरु घोषित

नेपाल लाइभ | २०७६ फागुन १४ बुधबार | Wednesday, February 26, 2020 १७:१७:०० मा प्रकाशित

काठमाडौं- नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले दसैंतिहारको उपलक्ष्यमा संचालन गरेको ‘ड्याट्सन हट डिल’ योजना अन्तर्गत ग्राहकहरुलाई लक्षित गरी विभिन्न पुरस्कारहरु घोषणा गरेको थियो। 

यस योजना अन्तर्गत नयाँ कार खरिद गर्ने सम्पूर्ण ग्राहकहरु लक्षित लक्की ड्रका लागि योग्य मानिएका थिए। मंगलबार एक कार्यक्रम गरी लक्की ड्र प्रक्रियाद्वारा  १० विजेता जोडी थाइल्याण्डको भ्रमणका लागि तथा ५ ग्राहकहरु १०/१० ग्रामको सुनको सिक्काका लागि छानिएका छन्।

सो कार्यक्रममा पायोनियर मोटो कर्पका पदाधिकारीद्वारा विजेताहरुलाई उपहार हस्तान्तरण गरिएको थियो। पायोनियर मोटो कर्प ड्याट्सन न्यू गो तथा ड्याट्सन रेडी गो ०.८ लिटर  र १.० लिटर र गो प्लसका आधिकारिक बिक्रेता रहेको छ।