एनसेलको ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर

नेपाल लाइभ | २०७६ फागुन १४ बुधबार | Wednesday, February 26, 2020 २०:०८:०० मा प्रकाशित

काठमाडौं- एनसेल प्राइभेट लिमिटेडले ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ।

सो अफरअन्तर्गत ग्राहकले १०० र योभन्दा माथिका प्रत्येक रिचार्जबापत भ्वाइस सेवामा छुट प्राप्त गर्न सकिने एनसेलले जनाएको हो।

यो अफर आगामी फागुन १५ देखि लागू हुने जनाइएको छ। भ्वाइस सेवाअन्तर्गत पाइने सेवा बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म लागू हुने एनसेलले जनाएको छ।

यो अफरसँगै एनसेलका प्रिपेड ग्राहकले ९९ पैसा प्रतिमिनेट (करसहित १ रुपैयाँ २६ पैसा)मा एनसेल नेटवर्कभित्र कुरा गर्न मिल्ने भएको छ।