कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल

नेपाल लाइभ | २०७६ फागुन १२ सोमबार | Monday, February 24, 2020 १४:३८:०० मा प्रकाशित

काठमाडौं- कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा उत्कृष्ट तीन प्रतिस्पर्धी छनोट भएका छन्। सोमबार खड्गबहादुर पुन(खबपु), सुमन कोइराला र हिमेश पन्त टप थ्रिमा पुग्न सफल भएका हुन्। अन्तिम चार प्रतिस्पर्धीमध्ये विष्णु गौडेल बाहिरिएका छन्। 

कार्यक्रमले प्रसारित कार्यक्रमअघि नै एक तस्बिर सार्वजनिक गरेर गौडेल बाहिरिएको संकेत गरेको थियो। तस्बिरमा चार प्रतियोगीमध्ये गौडेल देखिएका थिएनन्। अघिल्लो साता प्रसारित कार्यक्रमका उत्कृष्ट ४ प्रस्तुतिमा गौडेलको प्रस्तुति अन्य प्रतियोगीको तुलनामा कमजोरसमेत थियो।

 

हिमेश भने अघिल्लो कार्यक्रमबाटै सिधै टप थ्रिमा छनोट भएका थिए।