श्रीमती र सालीलाई एसिड आक्रमण गर्ने पक्राउ

नेपाल लाइभ | २०७६ फागुन १२ सोमबार | Monday, February 24, 2020 १९:४७:०० मा प्रकाशित

काठमाडौं–श्रीमती र सालीलाई एसिड आक्रमण गर्ने युवक पक्राउ परेका छन्। गोरखा नगरपालिका ५ का २९ वर्षीय शिव रम्तेल पक्राउ परेका हुन्। 

उनले आइतबार राति श्रीमतीसँग विवाद हुँदा श्रीमती र साली दुवै जनालाई एसिड प्रहार गरेका थिए।

घाइतेहरुको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको काठमाडौ परिसरका डिएसपी होबिन्द्र बोगटीले बताए।