नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ फागुन १३ मंगलबार | Tuesday, February 25, 2020 २०:००:०० मा प्रकाशित

काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः

१) प्रधानमन्त्री पहिले मार्क्सवादी, बीचमा समाजवादीजस्तो र अहिले यतीवादी मात्रै देखिन थालेको कांग्रेसको आरोप, भारतले नेपाली भूमिमा बाटो निर्माण गरिरहेको भन्दै नेकपाका सांसदद्वारा सरकारको ध्यानाकर्षण ।

२) नेपाल ट्रष्टको जग्गा २१ हजार ५ सय ६२ रोपनीभन्दा बढी, थानकोट र मातातीर्थको १ सय ७२ रोपनी जग्गा ट्रष्टमै फिर्ता ल्याउने प्रक्रिया सुरु ।

३) संसदीय समितिमा पूर्व प्रधान सेनापति क्षत्रीविरुद्ध पहिलो पटक सेनाबाटै उजुरी, सेनाको मुख्यालय पुनर्निर्माणदेखि सैनिक कल्याणकारी कोषमा अनियमितता गरेको आरोप, आठ अर्ब भ्रष्टाचारको दाबी ।  

४) एसिसी टि–२० पूर्व क्षेत्रीय छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको अभ्यास तयारी पूरा, नेपालभन्दा कमजोर टिमले नखेल्न भएपछि चुनौती थपिएको कप्तान ज्ञानेन्द्रको भनाइ ।

५) र, अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच साढे ३ खर्बको रक्षा सम्झौता, भारतले अमेरिकासँग २४ वटा रोमियो हेलिकोप्टर खरिद गर्ने, व्यापार सम्झौता चाँडै हुने ।

पूरा समाचार भिडियोमा