मेहन्दी समारोहमा मक्ख प्रियंका

नेपाल लाइभ | २०७६ फागुन १३ मंगलबार | Tuesday, February 25, 2020 २१:२८:०० मा प्रकाशित

काठमाडौं-फागुन १५ मा विवाहकाे मिति सार्वजनिक भएसँगै नायिका प्रियंका कार्की विवाहको तयारीमा ब्यस्त भएकी छिन्।

एक महिना अगाडि नै ब्याच्लर्स पार्टी मनाएकी उनी म‌ंगलबार मेहन्दी कार्यक्रममा सहभागी भइन्। उनीसँगै उनकाे दुलाहा बन्दै गरेका आयु्श्मान देशराज जाेशीले समेत मंगलबार मेहन्दी लगाएका थिए। मेहन्दी समारोहमा उनी मक्ख देखिएकी थिइन्।

करिव तीन वर्षदेखि यो जोडि प्रेम सम्बन्धमा थियो। गत वर्ष इन्गेजमेन्ट गरेका उनीहरुले यही महिना फागुन १५ मा विवाह गर्ने सार्वजनिक गरेका थिए।