प्रदेशको शैक्षिक संस्था सुदृढ गरिनुपर्छ : राष्ट्रपति भण्डारी 

नेपाल लाइभ | २०७६ फागुन १४ बुधबार | Wednesday, February 26, 2020 १७:१४:०० मा प्रकाशित

धनगढी- राष्ट्रपति विद्यादेवि भण्डारीले सुदूरपश्चिम प्रदेशको शैक्षिक संस्था सुदृढ गर्नुपर्ने बताएकी छन्।

‘शिक्षण संस्था, प्राज्ञिक केन्द्र र विश्वविद्यालयले भाषा र साहित्यलाई प्रवर्द्धन गर्न मद्दत पुर्‍याउँछ‚’ बुधबार सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा धनगढीमा भएको विश्व साहित्य सम्मेलनको उद्घाटन गर्दै उनले भनिन्‚ ‘यस (सुदूरपश्चिम) क्षेत्रका

सुदूरपश्चिम विश्वविद्यालयसहित सम्पूर्ण शैक्षिक केन्द्रहरुलाई सुदृढीकरण गर्नुपर्ने मैले महसुश गरेकी छु।’

उनले सुदूरपश्चिम प्रदेश कला, साहित्य र भाषाको उर्वर भूमि रहेको बताइन्। उनले भनिन्‚ ‘पहलमानसिंह स्वार, जयपृथ्वी सिंहजस्ता अग्रज श्रष्टाहरुको अतुलनीय योगदानले नेपाली भाषा, साहित्यको शिरवृद्धि भएको छ।’

उनले मानव जातिको अथक परिश्रमद्वारा सृजित भाषा एक-आपसमा संवाद स्थापित गराउने महत्वपूर्ण माध्यम रहेको बताइन्।