नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ फागुन १४ बुधबार | Wednesday, February 26, 2020 २१:०८:०० मा प्रकाशित

काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः

१) करोडौं पर्ने तारागाउँ विकास समितिको जग्गा व्यक्तिको नाममा बनाउन ५० वर्षदेखि चलखेल, निवर्तमान सञ्चारमन्त्रीदेखि यती समूहका सदस्यसम्म सक्रिय ।

२) वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकको निर्णय, केही दिनदेखि चर्चामा रहेको संविधान संशोधनको कार्यदल पनि अब नरहने । 

३) मातातीर्थको जग्गा जानीबुझी नै मोहीका नाममा दर्ता गरेको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्पष्टीकरण, सबै पूर्वदेखि वर्तमान प्रधानमन्त्रीसम्मको सम्पत्ति छानबिन गर्न माग ।

४) एन्फाद्वारा सरस्वती युथ क्लबका कप्तान दिपेश श्रेष्ठलाई दुई वर्षको प्रतिबन्ध, ए डिभिजन लिग फुटबलअन्तर्गत हिमालयन शेर्पा क्लबविरुद्धको खेलमा नियमविपरीत कार्य गरेको आरोप ।

५) र, भारतको उत्तर पूर्वी दिल्लीमा जारी हिंसाका कारण २० जनाको मृत्यु, १ सय ८९ जना घाइते, सेना परिचालन गर्न मुख्यमन्त्री केजरीवालको माग ।

पूरा समाचार भिडियोमा